फोरम कार्यकर्ताले कान्तिपुर जलाए

बारा, वैशाख २७ - मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरुले मंगलबार कलैयामा कान्तिपुर पत्रिका जलाएका छन् । कुटनीतिक राहदानी दुरुपयोगमा फोरमका सभासदहरुको नाम मुछिएको सम्बन्धी समाचार छापिएको बिरोधमा उनीहरुले पत्रिका जलाएका हुन् ।
फोरम अध्यक्ष चुमनबाबु केमटको नेतृत्वमा श्रेष्ठ स्टेशनरीबाट हिजो र आजको पत्रिका खोसेर जलाइएको छ । मधेशी सभासदलाई बदनाम गराउने उद्देश्यले नियतबस कान्तिपुरले समाचार प्रकाशित गरेको उनीहरुले आरोप लगाएका छन् । कलैयाको भरत चोकमा फोरम कार्यकर्ताहरुले पत्रिका जलाए । फोरम अध्यक्ष केमटले कान्तिपुर मधेश बिरोधी रहेको आरोप लगाउँदै फेरि यस्तै समाचार दोहोरिए मधेशमा कान्तिपुरलाई प्रतिबन्ध लगाउने धम्की दिएका छन् । फोरम कार्यकर्ताले पत्रिका जलाइरहँदा प्रहरी मुकदर्शक बनेको थियो ।

KantipurNews

Posted by Anonymous on 9:27 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for फोरम कार्यकर्ताले कान्तिपुर जलाए

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru