बिहे गर्दै सोभित

काठमाडौ, वैशाख २७ - नायिका सोभिता सिम्खडा विवाह बन्धनमा बाँधिँदै छिन् । मोडल, सञ्चारकर्मी हुँदै फिल्ममा पसेकी सोभिताले मंगलबार व्यवसायी निराजन भण्डारीसँग काठमाडौं जिल्ला प्रशासन कार्यालयमा कोर्ट म्यारिज गर्न लागेकी हुन् । 'सानैदेखि कोर्ट म्यारिजको रहर थियो,' सोमबार सोभिताले भनिन्, 'परिवारका सबैले अनुमति दिएपछि यस्तो योजना बन्यो ।'
चार वर्षअघि टिभी कार्यक्रमको क्रममा भेटघाट भएपछि 'साथी' को रूपमा रहँदै आएका भण्डारीसँग 'आधी लभ र आधी एरेन्ज म्यारिज' गर्न लागेको सोभिताले बताइन् । 'पूरै लभ म्यारिज हैन,' उनले भनिन्, 'साथी बनेपछि घरमा आउजाउ भइरहन्थ्यो । आमा, बुबा, हजुरमुमालगायतका परिवारका सबैले मन पराएपछि बिहे हुन लागेको हो ।'
गोकर्णका २८ वर्षे भण्डारी कतारमा कन्स्ट्रक्सन कम्पनी चलाउँछन् । 'कसम', 'गंगाजल' लगायत एक दर्जनबढी फिल्म खेलेकी सोभिताको 'मार्‍यो नि मायाले मार्‍यो' अहिले मोफसलका हलहरूमा चलिरहेको छ भने 'तिमीबिनाको जीवन' र 'आफ्नै मनलाई सोधिहेर' छिट्टै प्रदर्शन हुँदै छन् । कोर्ट म्यारिजपछि परम्परागत बिहेमा हुने खर्चबराबरको रकम कुनै सामाजिक संस्था वा आश्रमलाई सहयोग प्रदान गर्ने पनि सोभिताले बताइन् ।



KantipurNews

Posted by Anonymous on 9:32 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बिहे गर्दै सोभित

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru