लुम्बिनी भ्रमणमा छुटाउन नहुने गन्तव्य
About Lumbini 1:18 AM
मायादेवी मन्दिर, पदचाप चिह्न र पवित्र कुण्ड
विश्व शान्तिकेन्द्र लुम्बिनीमा रहेको मुख्य वस्तु भनेको बुद्ध जन्मस्थल मायादेवी मन्दिर हो । मायादेवी मन्दिरलाई करिब नौ वर्षअघि पुनर्निर्माण गरी वर्तमान रूपमा ल्याइएको हो । मायादेवी मन्दिरमा गौतमबुद्ध जन्मको प्रमाणका रूपमा रहेको मार्कर स्टोन अर्थात पदचाप चिह्न राखिएको छ । पदचाप चिह्न भन्नाले गौतमबुद्ध जन्मनासाथ सात पाइला चालेको र त्यहीमध्ये पाइला चालेको एक ढुंगा हो । सन् १९९६ मा मायादेवी मन्दिर उत्खनन् गर्दा पदचाप चिह्न फेला परेको हो । उक्त पदचाप चिह्नलाई मायादेवी मन्दिरभित्र बुलेटपु्रफ बक्समा सबैले अवलोकन गर्न मिल्ने गरी राखिएको छ ।
इसापूर्व ६२३ को मे महिनाको पूर्णिमाका दिन कपिलवस्तु राज्यका राजा शुद्धोधनकी रानी मायादेवी कपिलवस्तुको तिलौराकोटबाट माइतीघर देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी नाम गरेको बगैंचामा रहेको पवित्र कुण्डमा नुहाएपछि प्रश्रववेदनाले छटपटाउन पुग्दा कुण्डनजिकै रहेको रूखको हाँगाको आड लिई राजकुमार सिद्धार्थलाई जन्म दिएकी हुन्, जो पछि भगवान् बुद्धको नामले संसारभर प्रसिद्ध भए ।
बुद्ध जन्मस्थललाई आधार मानी पछि मायादेवी मन्दिरको निर्माण भएको हो । मायादेवी मन्दिरभित्र पदचाप चिह्न रहेको ठाउँमाथि पट्टि पवित्र भित्तामा गौतम बुद्धको जन्म हुने समयमा प्रश्रव वेदनाले छटपटाएको समयमा आमा मायादेवीले एक हातले रूखको हाँगो र अर्को हातले आफ्नी बहिनी गौतमी प्रजापतिलाई समाएको मूर्ति छ ।
मायादेवी मन्दिरको दक्षिण भागमा सानो कुण्ड छ, जसलाई पवित्र कुण्ड भनिन्छ । भगवान् गौतमबुद्धको जन्म हुनुभन्दा केही समयअघि यसै कुण्डमा मायादेवीले स्नान गरेको भन्ने भनाइ रहेको छ । आमा मायादेवीले भगवान गौतमबुद्धलाई जन्म दिएपछि यसै कुण्डको पानीले बुद्धलाई नुहाइदिएको बताइन्छ र यसै कारणले यो कुण्ड र यसको पानीलाई पवित्र कुण्डका रूपमा हेरिएको छ ।
अशोक स्तम्भ (पिलर)
अशोक स्तम्भ (पिलर) बुद्ध जन्मको प्रमाणका लागि महत्वपूर्ण तत्वका रूपमा रहेको छ । मायादेवी मन्दिरको पश्चिमपट्टि यो स्तम्भ खडा छ । सन् १८९६ मा पुरातात्विक सर्भेको प्रक्रियामा त्यहाँ पुगेका राणाकालीन जनरल खड्गशमशेर राणा र पुरातत्वविद् डाक्टर एलोइस फुहेररले लुम्बिनीमा अशोक स्तम्भ पत्ता लगाएका हुन् । इसापूर्व २४९ मा मौर्यकालीन बादशाह अशोकले लुम्बिनी भ्रमण गरेका थिए । सोही भ्रमणका क्रममा उनले स्तम्भ खडा गरी अशोक स्तम्भ नामांकन गरेका हुन् । बादशाह अशोकको त्यतिबेलाको भ्रमणले लुम्बिनीलाई पुनस्र्थापित गरेको हो ।
उन्ले खडा गरेको स्तम्भमा ब्राह्मण लिपिमा ‘हिडा बुधे जाते शाक्यमुनीति’ लेखिएको छ, जसको अर्थ शाक्यमुनि बुद्धको जन्म यहाँ भएको हो । स्तम्भ खडा गरेर बादशाह अशोकले नजिकैको रूखमा प्रार्थना गर्नुका साथै त्यहाँको पोखरीमा स्नान र वरपरका अन्य बुद्धसँग सम्बन्धित स्थल कपिलवस्तु, रामग्राम र निग्लिहवाको भ्रमण गरेका थिए ।
विश्व शान्तिदीप
विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थली लुम्बिनी विश्वभरिका बौद्धमार्गीका लागि मात्र नभई शान्तिप्रति विश्वास राख्ने हरेक मानिसका लागि महत्वपूर्ण स्थल हो । अझ लुम्बिनी क्षेत्रमा रहेको विश्व शान्तिदीपले लुम्बिनीको महत्व अझै बढाएको छ विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्मस्थली लुम्बिनी क्षेत्रमा रहेको शान्ति दीप आफैंमा महत्वपूर्ण रहेको छ । लुम्बिनी भ्रमणमा आउने स्वदेशी हुन् वा विदेशी सबै पर्यटक सो शान्तिदीपको अवलोकन गर्न पुग्छन् । वर्षा होस् वा प्रचण्ड गर्मी या त हावाहुरी, जति बेला पनि अनवरत रूपमा यो शान्तिदीप बलिरहन्छ ।
अन्तर्राष्ट्रिय शान्ति वर्ष १९८६ को शुभ अवसरमा लुम्बिनी विकास कोषका तत्कालीन अध्यक्ष तथा नेपालका पूर्वराजा ज्ञानेन्द्रले शान्तिको प्रतीकका रूपमा यो अखण्ड ज्योति प्रज्वलित गर्नुभएको हो । २ हजार ४३ साल कात्तिक १५ गतेबाट हालसम्म अनवरत रूपमा बल्दै आएको यो अखण्ड ज्योति अन्तर्राष्ट्रिय शान्ति वर्षका अवसरमा प्रज्वलित हुन गएको हुँदा नाम पनि सोहीअनुसार विश्व शान्तिद्वीप राखिएको हो । लुम्बिनी विकास कोषको गुरु योजनाअनुसार मायादेवी मन्दिरको सम्मुखमा रहेको अशोक स्तम्भ तथा केन्द्रीय नहरको बीच भागमा १ सय ८० डिग्रीको कोणमा पर्ने गरी रहेको ठाउँमा विश्व शान्तिदीप राखिएको छ । विश्व शान्तिदीप रहेको स्थानबाट दक्षिणतर्फ मायादेवी मन्दिर र अशोक स्तम्भ तथा उत्तरतर्फ केन्द्रीय नहर र जापानले बनाएको विश्व शान्ति स्तूप एउटै सीधा रेखामा देख्न सकिन्छ ।
लुम्बिनी भ्रमणमा आउने स्वदेशी अथवा विदेशी पर्यटक यो विश्व शान्तिद्वीपको आफ्नै महत्व रहेको र यसको प्रकाशले विश्वभर शान्ति फैलाउन मद्दत पुग्ने बताउँछन् । घाम पानि हावा, हुरी, बतास केही नभनी अनवरत रूपमा बलिरहेको विश्व शान्तिदीपको विशिष्ट महत्व रहेको छ । शान्तिदीपले शान्तिको प्रकाश छरेजस्तै नेपालमा मात्र नभई विश्वभरि नै शान्तिमय वातावरण बन्न सके भगवान् गौतम बुद्धले दिएको उपदेश सार्थक हुने थियो ।
विश्वशान्ति धर्म घण्ट
शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थली लुम्बिनीमा, जहाँ रहेको छ दक्षिण एसियाकै ठूलो धर्म घण्ट, जसलाई विश्वशान्ति घण्ट पनि भन्ने गरिन्छ । वर्षको एक दिनमात्र बजाउने गरिएको यो घण्टमा अन्य समय भने ताला लगाएर राख्ने गरिएको छ । गौतम बुद्ध जन्मथली लुम्बिनीमा अवस्थित विश्वशान्ति द्वीपबाट करिब १० मिटर जति पूर्वपट्टिको दिशामा यो बडेमानको शान्ति घण्ट राखिएको छ । तिब्बतमा रहेका बौद्ध अनुयायीहरूले प्रदान गरेको यो घण्टलाई लुम्बिनी विकास कोषले त्यहाँ सन् २००५ अर्थात् २०६२ सालमा स्थापना गरेको हो । यो घण्टको उद्घाटन ०६२ सालको बुद्धजयन्तीका दिन तत्कालीन शाही मन्त्रिमण्डलका उपाध्यक्ष कीर्तिनिधि विष्टले गरेका हुन् । शाक्य वंशका राजा शुद्धोधन तथा रानी मायादेवीको कोखबाट भद्रकल्पका चौथो शाक्यमुनि बुद्ध दिव्य उद्यान लुम्बिनीमा जन्म भएको हो । त्यसैले धर्मघण्ट पनि पवित्र उद्यानदेखि नजिकै राखिएको छ । बुद्ध वचनकै रूपमा चिनिने यो महान धर्मघण्ट बज्दा भित्री हृदयदेखि निस्किएको सूत्र मन्त्र तथा प्रार्थनाले भरिपूर्ण शब्दहरूको आवाज अनायासै गुन्जन थाल्छ । बुद्धजयन्तीका अवसर पारेर स्थापित सो घण्ट भने त्यसपछि निरन्तर रूपमा त्यहाँ बज्न सकेन । लुम्बिनी विकास कोषले बारम्बार त्यो घण्ट बजाउँदा त्यसको महत्व घट्ने हुँदा वर्षको एकपटक मात्र बुद्धजयन्तीका दिन बजाउने व्यवस्था गरेको छ ।
एक टनभन्दा बढी तौलको यो घण्टको बाहिरी भागमा बुद्ध दर्शनसम्बन्धी तिब्बतीयन भाषामा जानकारी गराइएको छ । यस धर्मघण्टबाट प्रतिध्वनित भएको मंगलध्वनिले श्रवण गर्ने सबैको भित्री मन नै छुने तथा उसले सुख–शान्तिको अनुभव गर्न गर्न थाल्ने बताइएको छ । नेपाल अधिराज्यको सम्मानमा जम्बुद्वीपमा विराजमान तथा संरक्षकका रूपमा रहेका सबै बुद्धको सम्मानमा यशस्वी शाक्यवंशको सम्मानमा तथा नेपालको धर्म–सस्कृति र इतिहासप्रति ठुलो आदर राख्दै श्रद्धा धर्म राख्ने सबै तिब्बतिवासीका तर्फबाट शान्तिको प्रतीकका रूपमा यो घर्मघण्ट प्रदान गरिएको हो ।
स्वदेशी तथा अन्तर्राष्ट्रिय (विदेशी) बिहारहरू
लुम्बिनी गुरुयोजनाअनुसार बनेका र बन्दै गरेका स्वदेशी तथा (अन्तर्राष्ट्रिय) विदेशी बिहारहरू अहिले लुम्बिनीका मुख्य आकर्षणका रूपमा रहेका छन् । लुम्बिनी गुरु योजनाअनुरूप अन्तर्राष्ट्रिय बिहार क्षेत्रमा बौद्ध बिहार निर्माण भएको हो ।
गुरुयोजनामा लुम्बिनीको मध्यभागलाई अन्तर्राष्ट्रिय बिहार क्षेत्र निर्माण गर्न छुट्याइएको छ । लुम्बिनीको केन्द्रीय नहरदेखि पश्चिमतर्फ महायानी सम्प्रदायका लागि २९ वटा र पूर्वतर्फ थेरावादी सम्प्रदायका लागि १३ वटा बिहार निर्माण गर्ने गरी जमिनको व्यवस्था गरिएअनुरूप विदेशी बिहार निर्माण भएका हुन् ।
विदेशी अन्तर्राष्ट्रिय बिहारमा जापानीज, बर्मा (म्यानमार), चीन, तिब्बत, थाईल्यान्ड, तारा फाउन्डेसन जर्मनी, महाबोधी सोसाइटी भारत, भियतनाम, श्रीलंकन, कोरियनलगायतका रहेका छन् भने केही बिहार बन्दै गरेका छन् । त्यस्तै गरी विभिन्न नेपाली संघ–संस्थाले पनि बिहारहरू बनाइसकेका र बनाउने क्रममा छन् । लुम्बिनी आउने तीर्थयात्रीलाई विभिन्न कला–शैलीका बिहार गुम्बाहरू भ्रमण गर्दा शान्तिको अनुभूति होस् र वास्तवमै स्वर्ग पुगेको महसुस होस् भन्ने उद्देश्यका साथ गुरुयोजनाले अन्तर्राष्ट्रिय बौद्ध बिहारलाई प्राथमिकता दिएको हो ।
बुद्ध जीवनीसँग सम्बन्धित अन्य क्षेत्रहरू
राजा शुद्धोधनको राजधानीका रूपमा कपिलवस्तुको तिलौराकोट रहेको छ । तिलौराकोटमा राजकुमार शिद्धार्थले २९ वर्ष बिताएका थिए । पछि बुद्धत्व प्राप्तिपछि गौतम बुद्ध त्यहाँ पुगेको बुद्धकालीन इतिहासमा उल्लेख छ । त्यस्तै बुद्ध मावलीघर देवदह, बुद्धको सानीआमा अर्थात् मायमादेवीकी बहिनी प्रजापतिको घर रहेको ठाउँ कुमारवर्ती मन्दिर, गौतमबुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्ना पिता महाराज शुद्धोदनसँग पहीलो पटक भेट भएको ठाउँ कुदान, गोटीहवा, निग्लिहवा, सग्रहवा, औरोराकोट, रामग्रामलगायत रहेका छन् । लुम्बिनीमै रहेको बौद्ध जीवनीमा आधारित विभिन्न वस्तु तथा फोटोहरू संग्रह गरी राखिएको बौद्ध संग्रहालय, बौद्धदर्शन अध्ययन गर्न चाहनेका लागि अन्तर्राष्ट्रिय पुस्तकालय रहेका छन् ।
KarobarDaily