निजामती कर्मचारी टोली सगरमाथामा

४ जेठ, काठमाडौँ । निजामती कर्मचारीहरुको टोलीले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ ।
टोलीका नौ सदस्य आज बिहान शिखरको चुचुरोमा पुगेको पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिका कार्यकारी निर्देशक लाक्पा फुटी शेर्पाले जानकारी दनुभयो । सफल आरोहण गर्ने कर्मचारीहरुमा ज्ञानेन्द्र कुमार श्रेष्ठ, सन्तकुमार महर्जन, हरि गुरागाई, हरि ढकाल, सुवीर श्रेष्ठ, तुल्सीराम भण्डारी, सुरथ पोखरेल, पदम भण्डारी, खिमलाल गौतमलगायत रहेका छन ।
 निजामती कर्मचारी सँगै टोलीमा रहेका १५ जना पथप्रदर्शकले पनि सगरमाथा आरोहण गरेका छन् । निजामती कर्मचारी प्रथम सगरमाथा आरोहण अभियान अन्तर्गत तात्कालीन पर्यटन सचिव लिलामणि पौडेल नेतृत्वको १५ सदस्यीय आरोहण टोली गत २४ चैतमा राजधानीबाट त्यसतर्फ प्रस्थान गरेको थियो ।
नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिको सहयोगमा निजामती कर्मचारी सगरमाथा आरोहणमा गएका हुन्र ।

Onlinekhabar

Posted by Butwalonline on 9:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for निजामती कर्मचारी टोली सगरमाथामा

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru