सलमान-कैटरिना जोडीले गर्मायो बलिउड


मुम्बई, वैशाख २४ - बलिउड स्टार सलमान खान पूर्व प्रेमिका कैटरिना कैफको विषयलाई लिएर फेरि चर्चामा आएका छन्। सलमानले कैटरिनालाई आफ्नो परिवारको सदस्याका रुपमा प्रस्तुत गरेपछि बलिउड यो जोडीको विषयलाई लिएर गर्माएको हो।

सलमानको नयाँ फिल्म एक था टाइगरमा सँगै देखा परेकी कैटरिनाबारे सोधिएको प्रश्नमा सलमानले भने, 'कैट प्यारी केटी र मेरो नजिककी साथी हुन् र हामी सँगै छौं। आफ्नो परिवारकै सदस्यजस्तो भएकाले उनीसँग काम गर्न सजिलो छ।'
सलमान र कैटरिना यसराज फिल्मको एक था टाइगरमा सँगै देखिने छन् जसको निर्देशन कबिर खानले गरेका हुन्। कबिरले पनि कैटरिनाबाहेक यो फिल्ममा कसैले अभिनय गर्नै नसक्ने दावी गरेका छन्।
यो साता भारतीय मिडियाले सलमान र कैटरिनालाई कहिले ब्रेकफास्टमा भेटे भने कहिले सार्वजनिक समारोहमा एकैसाथ पाए।

Source:NagarikNews

Posted by Anonymous on 9:14 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for सलमान-कैटरिना जोडीले गर्मायो बलिउड

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru