जन्ती लिएर फर्कदै गरेको बस दुर्घटना, २५ जना घाइते

पुष्पराज जोशी, डोटी, वैशाख २३- कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी हाट तर्फ जन्ती लिएर फर्कदै गरेको ना ४ ख ५१३९ नम्बरको बस शुक्रबार बेलुकी साढे ६ बजे कैलालीको गोदावरी गाविस ८ बुढीतोलामा दुर्घटना भएको छ।

बसमा सवार २९ जनामध्ये २२ जना घाइते भएका छन्। घाइते हुनेहरुमा मठैराज २ बैतडीका राजेन्द्र नेगी, बैतडी हाटका हिक्मत धानुक, प्रकाश धानुक, जितेन्द्र धनुसे, दमन धनुसे, सागर धनुसे, धने आउजी, दिनेश धानुक, राजेन्द्र धानुक, गोविन्द धानुक, कृष्ण धानुक, दमन धानुक, पुस्कर धानुक, विक्रम धनुसे, पवन धनुसे(क), पवन धनुसे (ख), गेकुले ४ दार्चुलाका सुजन बादी (क), किडी वादी, भागरथी कादी, सुजन वादी -ख), आशा बादी, गोदावरी दमाई, विमला बादी, पिपलाडी ३ कंचनपुरका नरेन्द्र कार्की, पिपलकोट ८ बझाङका चेतन कार्की छन्।

छत र बसभित्र जन्तीले खचाखच भरिएकाले दुर्घटना भएको हुनसक्ने क्षेत्रीय ट्राफिक कार्यालयले जनाएको छ। घाइते सबैको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ।

source:nagarikNews

Posted by Anonymous on 9:18 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for जन्ती लिएर फर्कदै गरेको बस दुर्घटना, २५ जना घाइते

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru