माओवादी कार्यकर्ताको गोली हानी हत्या

२४ वैशाख, सिरहा । एकीकृत नेकपा माओवादीका एक स्थानीय कार्यकर्ताको सिरहाको रामपुरविर्तामा अज्ञात हतियारधारी समूहले शुक्रबार राति गोली हानी हत्या गरेको छ । जिल्लाको रामपुरविर्ता-५ स्थायी घर भएका माओवादी सिरहा जिल्ला सदस्य विन्देश्वर महतोको गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

मोटरसाइकलमा आएका दुई अज्ञात हतियारधारीले घर नजिकैको पसलमा खाइरहेका बेला स्थानीय मनहरुवा चोकमा महतोमाथि अन्दाधुन्द गोली चलाएर भागेको प्रहरीले बताएको छ । चारगोली लागेका महतोको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

यसैबीच माओवादी जिल्ला इन्चार्ज हरिनारायण चौधरीले हमतोको हत्या राजनीतिक प्रतिशोधका आधारमा भएको बताउनु भएको छ । अनलाइनखवरसित कुरागर्दे इन्चार्ज चौधरीले स्थानीय प्रशासनले घटनाको स्वतन्त्र छानविन गरी दोषीमाथि कडा कारवाही नगरे आफुहरुले नै अपराधीलाई कारवाही गर्ने चेतावनी दिनुभयो ।

Onlinekhabar

Posted by Anonymous on 9:07 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for माओवादी कार्यकर्ताको गोली हानी हत्या

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru