केही दिनभित्रै शान्ति र संविधानले नयाँ मोड लिन्छः प्रचण्ड

२४ वैशाख, चितवन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै शान्ति प्रकृया र संविधानलेखनले नयाँ मोड लिने बताउनु भएको छ । चितवनका स्थानीय कार्यकर्तासँग आज बिहान भएको भेटमा अध्यक्ष प्रचण्डले त्यस्तो बताउनु भएको माओवादी चितवनले जनाको छ । राजनीतिक दलहरुबीच शान्ति प्रकृयासँग सम्बन्धित सेना समायोजन र संविधानलाई निष्कर्षमा पुर्‍याउन छलफल जारी रहेकोले केही दिनभित्रै त्यसले मूर्त रुप लिने प्रचण्डको विश्वास थियो ।

आजै बिहान भरतपुरस्थित बालज्योती अफसेट प्रेसले आयोजना गरेको सहिद परिवार सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले नयाँ इतिहासको रचना गरी नयाँ युगको सुत्रपात गर्ने अभियानमा लागेको जानकारी दिनुभयो ।सम्मान कार्यक्रममा बोल्दा बोल्दै अध्यक्ष प्रचण्डको गला अवरुद्ध भएपछि उहाँले बीचमै मन्तव्य टुंग्याउनु भएको थियो ।

अध्यक्ष प्रचण्डलाई चितवनबाट मोटरसाइकलबाट स्कर्टिङ गर्दै माओवादी कार्यकर्ताले नवलपरासीको प्रगतिनगर पुर्‍याएका थिए । यसैबीच प्रचण्डले प्रगतिनगरको पिठौलीमा नवनिर्मित स्थानीय नारायण प्राविको ४ कोठे भवन उद्घाटन गर्नु भएको छ ।

Onlinekhabar

Posted by Anonymous on 9:05 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for केही दिनभित्रै शान्ति र संविधानले नयाँ मोड लिन्छः प्रचण्ड

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru