आज बुटवलमा कांग्रेसको आमसभा

२३ वैशाख, बुटवल । शान्ति, संविधान र पार्टी एकताको सन्देश जनस्तरसम्म पुर्‍याउन राष्ट्रिय जागरण अभियान थालेको नेपाली कांग्रेसले अभियान अन्तर्गत आज बुटवलमा आमसभा गर्दैछ ।

मध्यान्ह १२ बजेपछि सुरु हुने सभालाई सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उप-सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायतका नेताले सम्वोधन गर्ने कार्यक्रम छ ।

जागरण शान्ति अभियान नाम दिएर कांग्रेसले गत बैशाख ११ गते पोखराबाट सुरु गरेको आमसभा झापा र सर्लाहीमा यसअघि सकिइसकेका छन् । दाङ, कञ्चनपुर हुँदै आगामी जेठ ६ गते काठमाडौंमा केन्द्रीय आमसभा गरी अभियान अन्त्य गरिने सो पार्टीले जनाएको छ ।



Source:Onlinekhabar

Posted by Anonymous on 9:07 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आज बुटवलमा कांग्रेसको आमसभा

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru