बेलायतमा हराएका कलाकार काठमाण्डौंमा भेटिए

एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन भनि बेलायत पुगेर भागेका भनिएका कलाकार काठमाण्डौंमा भेटिएका छन् ।
बेलायतको कोर्नेवालमा भएको एक साँस्कृतिक कार्यक्रममा सहभागी हुन पुगेका उनीहरु कार्यक्रममा सहभागीता जनाएर शुक्रबार काठमाण्डौं आएको बताएका छन् । बेलायतमा भागेको भन्दै बिश्वभरका समाचारमाध्यमले समाचार छापेपनि आफुहरु आयोजकको सम्पर्कमा पुगेर सवै कार्यक्रममा सहभागी भइ फर्केको टोली नेता संगीतकार लक्ष्मण शेषले बताए ।
हिथ्रो बिमानस्थलमा ओर्लनेक्रममा इन्डियन एअरलाइन्सले आफ्नो टोलीको हार्मोनियम हराइदिएको र सो खोज्नेक्रममा बिमानस्थलमै चार घण्टा ढिला हुँदा समयमै आयोजकको सम्पर्कमा पुग्न नसकेको शेषको भनाई छ । आयोजकले आफुलाई नभेटेपछि बेलायती संचारमाध्यमलाई नेपाली कलाकार भागेको खबर दिएको शेषले बताए ।
आफुहरु भोलीपल्ट आयोजकको सम्र्पकमा पुग्दा आयोजक आश्चर्यचकित भएको र माफीसमेत मागेको शेषको दावी छ । आफुहरु सम्र्पकमा आएको समाचार पनि त्यहााका संचारमाध्यमले छापेको जानकारी दिंदै शेषले नेपाली संचारमाध्यमले भने नेपाली कलाकार हराएको समाचार छापेको तर भेटिएको समाचार नछापेको भन्दै दुखेसो पोखे ।
तीन दिनको कार्यक्रममा आफुहरुले २७ वटा नेपाली लोक गीत प्रस्तुत गरेको र आयोजकसाग सम्झौता भएबमोजिम सवै कार्यक्रममा सहभागीता जनाएको उनको भनाई थियो । आफुहरु तीन महिनाको भिषामा बेलायत पुगेको भएपनि ११ दिनमा फर्किएर आएको भन्दै उनले आफ्नो टोलीको बेलायतमा लुक्ने कुनै मनसाय नरहेको तथा बिमानस्थलमा आइपरेको समस्यालाई नबुझेर भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै उनले दुःख मनाउ गरे ।
आफ्नो हार्मोनियम हराइदिएपनि इन्डियन एअरलाइन्सले त्यसको क्षतिपूर्ति नदिएको शेषको भनाई थियो ।

onlinekhabar

Posted by Anonymous on 10:27 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बेलायतमा हराएका कलाकार काठमाण्डौंमा भेटिए

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru