संविधान सभाको म्याद थप्न प्रधानमन्त्री छलफलमा व्यस्त

काठमाडौँ, जेठ २- प्रधानमन्त्री झलनाथ खनालले संविधानसभाको म्याद थप गर्ने विषयमा सहमति जुटाउन विभिन्न राजनीतिक दलसँगको छलफल तीव्र पारेका छन्। यसै क्रममा आज प्रधानमन्त्रीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग छलफल गरेका छन्।


प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान केसीसँग शान्ति प्रक्रिया, संविधान लेखन र संविधानसभाको म्याद थप गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

संविधान सभाको म्याद थपका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र मधेसी मोर्चासहित अन्य साना दलले विरोध गरिरहेको समयमा प्रधानमन्त्री खनाल संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग सम्वादमा जुटेका छन्।

प्रधानमन्त्री र साना दलबीच छलफल हुनसक्ने भए पनि समय भने तय भइनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताए। रासस

NagarikNews

Posted by Anonymous on 9:35 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for संविधान सभाको म्याद थप्न प्रधानमन्त्री छलफलमा व्यस्त

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru