पूर्वयुवराज शाह फेरि विवादमा

पूर्वयुवराज पारस शाहले दरबारमार्गस्थित याक एन्ड यती होटल परिसरमा रहेको रोयल क्यासिनोमा मंगलबार मध्यराति हात हालाहाल गरेका छन् ।  रोयल क्यासिनो शाहकी बहिनी प्रेरणा शाहका श्रीमान् राजबहादुर सिंहको स्वामित्वमा छ ।

समाचार स्रोतका अनुसार शाहले क्यासिनोमा कार्यरत सुरक्षाकर्मी टेकबहादुर चन्दलाई कामबाट निकालेको झांेकमा जनरल म्यानेजर शैलेन्द्रशमशेर राणालाई दुव्र्यवहार गरेका थिए । शाहले म्यानेजर राणालाई भनाभनका क्रममा हातसमेत हालेपछि केही समय क्यासिनोमा तनाव उत्पन्न भएको थियो । प्रत्यक्षदर्शीका अनुसार भनाभनकै क्रममा हात हालाहालको स्थिति उत्पन्न भएपछि खालमा खेलिरहेका जुवाडे र कर्मचारीहरूसमेत लाखापाखा लागेका थिए ।

आपmनो कारणले क्यासिनोमा भागाभागको स्थिति सिर्जना भएको देखेपछि पारस करिब १५ मिनेटमै बाहिरिएका थिए । जनरल म्यानेजर राणाले

भने पूर्वयुवराज शाह र आफूबीच कुनै हातपात र चर्चामा आएजस्तो घटना नभएको विज्ञप्तिमार्फत  बताएका छन्

KantipurNews

Posted by Butwalonline on 10:29 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for पूर्वयुवराज शाह फेरि विवादमा

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru