विद्यालय सञ्चालिकामाथि गोली प्रहार

५ जेठ, वीरगञ्ज । वीरगन्ज उपमहानगरपालिका-१२ रानिघाटस्थित जीवनज्योति माध्यमिक विद्यालयकी सञ्चालिका सुनिता गुप्तामाथि गएराति अज्ञात समूहले गोली प्रहार गरेको छ ।
दाहिने काँधमा गोली लागेर गम्भीर घाइते भएकी गुप्तालाई उपचारका लागि हिजै राति काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
राति करिब ८ बजेतिर घरमा बसिरहेका बेला अज्ञात हतियारधारी समूहले गुप्तामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली कसले र कुन उद्देश्यले हानेको को भन्ने खुल्न सकेको छैन ।
 यसैबीच घटनाको विरोधमा आज पर्साका अधिकांश निजी विद्यालय बन्द गरिएका छन् ।


Onlinekhabar

Posted by Butwalonline on 10:18 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for विद्यालय सञ्चालिकामाथि गोली प्रहार

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru